आमासहित घर फर्किँदै थिइन् भुपेन्द्रा, दुर्घटनामा दुवैले गुमाए ज्यान

काठमाडौं । बागलुङमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा र उनकी आमाले पनि ज्यान गुमाएकी छन् ।

मध्यपहाडी लोकमार्गमा गाउँपालिकाको जीप दुर्घटना भएर तीन सय मिटर तल खस्दा उपाध्यक्ष भुपेन्द्रा बुढा र उनकी ६१ वर्षीया आमा गोपीमायाको पनि ज्या गएको हो ।

प्रहरीका अनुसार शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर २ स्थित भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकबाट ३ सय मिटर तल झरेर दुर्घटना भएको हो ।


उक्त पिकपअप भ्यान काठमाडौंबाट रुकुम पूर्व गइरहेको थियो । दुर्घटनास्थलबाट प्रहरीले एकजनालाई उद्धार गरेको छ । ती घाइतेलाई उपचारका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा पठाइएको छ ।

उक्त दुर्घटनामा आमाछोरीसहित तीन जनाको ज्यान गएको छ । मृतक एकजना पुरुषको सनाखत हुन नसकेको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
392
सम्बन्धित

लोकप्रिय

लोकप्रिय