बागलुङ जिप दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु

काठमाडौं । बागलुङको गलकोटमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि भए पनि मृतकको पहिचान खुलेको थिएन ।

बागलुङका प्रमुख जिल्ला अधिकारीले भने मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको पनि मृत्यु भएको जानकारी दिएका छन् ।

शुक्रबार बिहान बागलुङको गलकोटतर्फ जाँदै गरेको रा १ झ २०० नम्बरको सरकारी जिप शुक्रबार बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिकास्थित भुङखानीमा दुर्घटना भएको थियो । गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित केही कर्मचारी पनि थिए ।


जिल्ला प्रहरीका अनुसार मृतक अन्यको भने सनाखत हुन बाँकी नै छ । साथै गाडीमा अरु को को थिए भन्ने पनि खुलेको छैन । दुर्घटनास्थलमा गाउँपालिका उपाध्यक्ष बुढाको परिचयपत्र पनि भेटिएको प्रहरीले जानकारी दिएको छ ।

गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको स्थानीयहरुले बताएका छन् । दुर्घटनामा एक जना घाइते भएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
168
सम्बन्धित

लोकप्रिय

लोकप्रिय