चर्चित टिकटकर विमला मृत भेटिइन्

कैलाली । डडेल्धुराकी एक चर्चित टिकटकर युवती मृत भेटिएकी छिन् ।

गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए

टिकटकमा उनका दुई लाख २४ हजार फलोअर छन् । हिजो झुण्डिएको अवस्थामा मृत भेटिएकी देउवाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताएका छन् ।


विमलाका बुवाको केही समयअघि मृत्यु भएको थियो । उनको दाजु विदेशमा छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
568
सम्बन्धित

लोकप्रिय

लोकप्रिय