गिरीबन्धु टी इस्टेटको गेटअगाडि कुकर बम

झापा । आतंकित पार्ने उद्धेश्यले एउटा समूहले गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्रीको गेटअगाडि कुकर बम राखेको छ ।

पूर्वपश्चिम राजमार्गदेखि दक्षिण चालु अबस्थामा रहेको गिरीबन्धु टी इस्टेटको फ्याक्ट्रीको गेटअगाडि पड्काइसकेको कुकर फेला परेको हो । बम राति नै पड्काएको अनुमान गरिएको छ । तर, त्यसबाट कुनै पनि क्षति भएको छैन । बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन् ।

बमसंगै पर्चा पनि भेटिएको छ । नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको हो । त्यो समूहको आधिकारिकताबारे थाहा हुन सकेको छैन ।


त्रसित र आतंकित पार्ने उद्धेश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने गिरीबन्धु टी इस्टेटका संचालक छत्र गिरीले बताए । घटनास्थलमा प्रहरी टोली पुगिसकेको बिर्तामोड प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
263
सम्बन्धित

लोकप्रिय

लोकप्रिय