झापाको शिवसताक्षीमा भाइको हत्या आरोपमा दाजु पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिकामा भाइको हत्या आरोपमा मृतकका दाजुलाई प्रहरीले पक्राउ गरेको छ । गएराति शिवसताक्षीमा एक व्यक्तिको हत्या भएको थियो ।

शिवसताक्षी ८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए ।

उनले मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जानकारी दिए । गएराति करिव ९ बजे घरको पछाडिपट्टि उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो । उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।


घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लत्पतिएको थियो । उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ ।दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हत्या गरेको हुनसक्ने आशंका छ । तीनजना दाजुभाइमध्ये मृतक रामप्रसाद माइला हुन् । उनले विवाह गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
1
+1
0
257
सम्बन्धित

लोकप्रिय

लोकप्रिय