जातीय विभेद गर्नेलाई कानुनी कारबाही गर्न दलित संघ संगठनहरुको माग

बिर्तामोड । झापाका दलित अधिकारकर्मीहरुले जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दलित संघ संगठनहरुको तर्फबाट सहभागी अधिकारकर्मीले जातको आधारमा विभेद गर्नेलाई उन्मुक्ति नदिन आग्रह गरेका हुन् ।

गत भदौ १२ गते बुद्धशान्ति १ होक्सेका बलबहादुर खातीलाई स्थानीय चित्रबहादुर श्रेष्ठ र पुष्पलाल घिमिरेले छुवाछूत तथा भेदभावपूर्ण व्यवहार गरेको मुक्ति समाजका नेता सोमनाथ पोर्तेलले बताए । ‘बले कामीको अनुहार हेरेर लोधर लाग्यो’ भन्र्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो । चित्र श्रेष्ठको नामबाट फेसबुकमा पोष्ट गरिएको भिडियोले समग्र दलित समुदायमाथि विभेद गरेको भन्दै जातीय विभेद गर्नेहरुलाई कानुनी कारबाहीको माग गरिएको छ ।

उक्त भिडियो बनाउनेहरुलाई कारबाहीका लागि जाहेरी दिँदा समेत इलाका प्रहरी कार्यालय धुलावारीले नदिएको पोर्तेलको भनाई छ । प्रहरी र सामाजिक अगुवाहरुले माफी मिनाहा दिनका लागि दबाब दिएको भन्दै दलित संघ संगठनका अगुवाहरुले पत्रकार सम्मेलनमार्फत खबरदारी गरेका हुन् । अभियुक्त मध्येका घिमिरेले ‘एका बिहानै बले कामीलाई देखेर लोधर लाग्यो’ भन्ने अभिव्यक्ति दिएको र सो घटनालाई श्रेष्ठले भिडियो बनाई सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेकोले उनीहरुलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।


उत्पीडित दलित समुदायका संगठनका नेताहरुले घटना थाहा पाएपछि भदौ २४ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिँदा लिन नमानेको र प्रहरीलाई दबाब दिएपछि मात्र जाहेरी लिएको दलित मुक्ति मोर्चा झापाका अध्यक्ष सुरेश बराइलीले जानकारी दिए । भदौ २५ गते आरोपीलाई पक्राउ गरिएको र छलफल गर्न पीडित बलबहादुरलाई प्रहरीले खबर गरेको थियो । तर छलफल गर्ने बिषय नभएको हुँदा कानुनी कारबाही प्रक्रिया अगाडी बढाउनु भनि पीडितले भनेपनि बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्लेलाई फेरि आवश्यकता अनुसार हाजिर गराउने सर्तमा प्रहरीले जिम्मा लगाएको बराइलीको भनाई छ ।

२६ गते अभियुक्तको पक्षमा भेला भएका राजनीतिक दलका प्रतिनिधी तथा सामाजिक अगुवाहरुले कानुनी कारबाही प्रक्रिया अगाडी बढाउँदा सामाजिक सद्भाव भड्कने भन्दै मिलापत्र गर्न दबाब दिएको पूर्व जिसस प्रमुख समेत रहेका दलित अगुवा पोर्तेलले बताए । प्रहरीले अभियुक्तहरुलाई घटना भएको क्षेत्र इलाम भएको भन्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरमा पठाएको छ ।

बिहीबार विहान ५०/६० जनाको समुह जाहेरवाला बलबहादुर खातीको घरमा आई मुद्दा फिर्ता लिन दवाव दिएको पोर्तेलको भनाई छ । दवावमा पारि पीडित बलबहादुरलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर तर्फ लैजादै गर्दा प्रहरीले अभियुक्तहरुलाई म्याद थपका लागि जिल्ला अदालत ईलाम लगिसकेको जानकारी पाएपछि बलबहादुरलाई फर्काइएको थियो । जबरजस्ती मेलमिलापका लागि दवाव दिइरहेको अधिकारकर्मीको भनाई छ । उनीहरुले पत्रकार सम्मेलन मार्फत कानुनी कारबाहीको मात्रै माग गरेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
151
सम्बन्धित

लोकप्रिय

लोकप्रिय