लागुऔषध कारोबारमा रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौं । पूर्व सांसद डाक्टर ढाकाकुमार श्रेष्ठ लागुऔषध बेचविखन आरोपमा पक्राउ परेका छन् । लागुऔषध प्रयोगकर्ताले ढाकाकै फार्मेसीबाट नसाको औषधि किनेको बयान दिएका आधारमा उनी पक्राउ परेका हुन् ।

श्रेष्ठ रास्वपाबाट समानुपातिक सांसद थिए । तर, मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग टेलिफोन गरी २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई सांसद र पार्टी सदस्यबाट पार्टीले हटाएको हो ।

कास्की प्रहरीले श्रेष्ठले लागुऔषध बिक्री गरेको भन्दै बिहीबार उनलाई पक्राउ गरेको हो । १ महिनाअघि लागुऔषधसहित पक्राउ परेका एक युवकले आफूले दिया फार्मेसीबाट सो औषधि किनेको भनेका थिए । दिया फार्मेसीका सञ्चालक श्रेष्ठ हुन् । प्रहरीले श्रेष्ठलाई लागुऔषध बेचविखन सम्बन्धी मुद्दा चलाउनेछ ।


ढाकाले मेडिकल दुर्गा प्रसाईंसँग टेलिफोन वार्तामा आफू मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको टिमले २ करोड रूपैयाँ मागेकाले सो रकम दिएर सघाउन भनेको टेलिफोन संवादको अडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
165
सम्बन्धित

लोकप्रिय

लोकप्रिय