क प्रोडक्सनले वेब सिरिज ‘कम्पनी’ निर्माण गर्ने

बिर्तामोड । क प्रोडक्सनको ब्यनरमा वेब सिरिज ‘कम्पनी’ निर्माण हुने भएको छ । आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले वेब सिरिज ‘कम्पनी’ निर्माण हुने आधिकारीक घोषण गरेको हो ।

वेब सिरिजका निर्देशक किरण राईले विगतमा सुनौलो सपना बोकेर केहि युवाहरुले गरेको संघर्षलाई सिरिजमार्फत दर्शकसामु पस्कने बताउनुभयो । निर्देशक राईका अनुसार डार्क कमेडी जनरामा निर्माण हुने वेब सिरिजको छायंकन झापा र इलामका बिभिन्न स्थानहरुमा गरिने छ ।

लुङ्गा, गोर्खा वारीयर जस्ता चलचित्रमा अभिनय गरिसकेका कलाकार भुवनसिंह राईको अभिनय कम्पनीमा हेर्न पाइने छ । त्यस्तै ज्यकी आइ एम २१, रुदाने लगायतका चलचित्रमा अभिनय गरिसकेका कलाकार सूर्यमान लिम्बूलगायत शान्ता पौडेल, उत्तम राई, सरोज खालिङ, बिराज वास्कोटा, तायाहाङ राई, निशान लुइटेल, सम्झाना राई, अलिशा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय दर्शकले हेर्न पाउने छन् ।


यसै साताबाट सुटीङ प्रारम्भ हुने सिरिजको पहिलो श्रृङखला ५ भागको रहने बताइएको छ । यो वेब सिरिजलाई पौषको पहिलो सातादेखि दर्शकहरु माझ ल्याउने तयारी रहेको निर्माण पक्षले बताएको छ ।

कम्पनीको निर्माता चन्द्र राई हुन् भने कार्यकारी निर्माता सुरेश राई हुन् । राज मुखीयाले लाईन प्रोडुसरको भुमिका निर्वाह गर्नेछन् । दिपचन राई प्रस्तुतकर्ता रहेको वेब सिरिजको कथा, पटकथा स्वयं निर्देशक किरण राईले लेखेका हुन । दिलिप थाम्सुहाङ्ग, सुमित राई र शिवराज कोइरालाले सिरिजलाई संयुक्त रुपमा खिच्ने छन् । जगन राईको सम्पादन र कलर करेक्सनमा बन्ने सिरिजलाई खुडकिलो युटुव च्यानल मार्फत प्रसारण गरिने छ ।

सिरिज निर्माणको जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा निर्देशक किरण राई, लाईन प्रोडुसर राज मुखीया, कलाकारहरु भुवनसिंह राई र सूर्यमान लिम्बू लगायतले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रमको संचालन सुनीता तामाङले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
385
सम्बन्धित

लोकप्रिय

लोकप्रिय