एन्फा महिला लिग : वालिङमाथि एपिएफको कठिन जित

काठमाडौं। वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै साबिक विजेता एपिएफ एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार नै भएको पहिलो खेलमा बागमती युथ क्लबमाथि ३-० को जित हात पार्दै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लिन सफल भएको थियो। तर, साढे दुई घण्टापछि नै एपिएफ आर्मीलाई एक स्थान तल धकेल्न सफल भएको हो।

जितसँगै एपिएफले चार खेलबाट १० अंक जोडेको छ। समान अंक रहेपनि अर्को विभागीय टोली नेपाल पुलिस क्लब गोल संख्यामा अगाडि छ। नौ अंक रहेको आर्मी भने तेस्रो स्थानमा झरेको छ। एपिएफसँग पराजित भएको वालिङको ६ अंक छ।


एपिएफलाई २-१ को जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसङले गोल गरिन्। वालिङका लागि भने सिसे एन्टोङगोले गोल गरेपनि पर्याप्त रहेन।

खेलको १२औं मिनेटमै कप्तान रेनुका नगरकोटीले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाएकी थिइन्। ३८औं मिनेटमा रश्मीले सो अग्रता दोब्बर बनाइन्। ८०औं मिनेटमा सिसेले गोल गरेपनि वालिङलाई खेलमा फर्काउन सकिनन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
578
सम्बन्धित

लोकप्रिय

लोकप्रिय