कमल गाउँपालिकाका अर्जुनले बनाए चार पाङ्ग्रे गाडी

शिवसताक्षी । झापाको कमल गाउँपालिका निवासी एक युवाले चार पाङ्ग्रे गाडी निर्माण गरेका छन् । कमल गाउँपालिका वडा न नं. ६ का २३ वर्षीय अर्जुन विकले चार पाङ्गग्रे गाडी निर्माण गरी आज पर्यटकीय स्थल सताक्षीधाममा ल्याएका हुन् ।

गाडीमा सावारी साधान निर्माणमा मेरो पहिलो अभ्यास लेखिएको छ । अर्जुनले चार वर्ष अगाडी देखि गाडी निर्माण गर्न सुरु गरेको र लाख खर्च गरेर उक्त गाडी बनाएको बताए । गाडीमा चालकसहित ४ जनासम्म बस्न मिल्ने छ । उनले निकै मेहनत र सङ्घर्षका साथ गाडी निर्माण गरेको जानकारी दिए ।

‘‘म गाडी बनाउने र कसैको प्रेरणा र सहयोग पाइएको खण्डमा यसैलाई नै व्यवसाय बनाउँछु भन्ने लाग्थ्यो, उनले भने, हाल मसँग गाडीका लागि खर्च गर्ने पैसा छैन । रकम अभावले गर्दा अरु गाडी बनाउने योजनामा ब्रक लागेको छ । उनका अनुसार कसैले लगानी गरिदिए वा सरकारले यस्ता प्रविधि बनाउने नेपाली प्रोत्साहन गर्ने हो भने, म जस्तो गाडी बनाउन लगाए त्यस्तै बनाउन सक्छु । उनले गाडी निर्माण गरेर प्रदर्शन गर्दा कमल गाउँपालिकाले जम्मा २० हजार उपलब्ध गराएको जानकारी दिए ।


हाल निर्माण गरिएको गाडीमा मोटर साइकलको इन्जिन प्रयोग गरिएको छ । पेट्रोलबाट चल्ने उक्त गाडीले १ लिटरले २५ किलोमिटर सम्म यात्रा गर्न सकिन्छ । उनले भने, यसमा केही प्राविधिक कामहरु बाँकी छ । रकम अभावले बनाउन सकेको छैन । गाडी पूर्ण रुपमा तयार हुँदा ६० को स्पिडसम्म कुदाउन मिल्छ ।

अर्जनुका बुबा राजन विकले भने, सानैदेखि खेलाउनहरुको गाडी बनाउने गथ्र्यो । उसको गाडी कुदाउने सानैदेखिको सपना हो । आज आफै गाडी बनाएर यहाँ सम्म ल्याएको छ । उसको गाडीले मेरो काममा पनि सहयोग पुर्याएको बुबा राजनले बताए ।

अर्जुनले कक्षा १२ सम्म अध्ययन गरेका छन् । तर उनले ६ कक्षा पढ्दा नै गाडी निर्माण गर्ने सोच बनाएको बताए । उनी आज सताक्षीधाममा केही सामान लिन गाडी लिएका आएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
225
सम्बन्धित

लोकप्रिय

लोकप्रिय