अर्जुनधारामा प्रसाद खाएका बिरामीहरुको स्वास्थ्यमा थप समस्या, ७३ जना अस्पताल भर्ना

बिर्तामोड । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा बिरामी परेकाहरूको स्वास्थ्य समस्या बढेपछि फेरि अस्पताल भर्ना गरिएको छ ।

फुड पोइजन हुँदा बिरामी हुनेको संख्या ७३ पुगेको छ ।  गएरातिसम्म ५२ जना उपचार पश्चात् डिस्चार्ज भएका थिए तर स्वास्थ्य समस्या बढेपछि उनिहरुलाई पुनः अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार शनिश्चरे नगर अस्पतालमा ६६ जना, बिएडसी अस्पतालमा ४ जना र मनमोहन अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।


अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देन तामाङले नगर अस्पतालमा उपचार गराइरहेका बिरामीहरुको उपचार खर्च नगरपालिकाले बेहोर्ने बताउनुभयो । नगरपालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि सबै बिरामीको उपचार र समन्वयमा लागी परेको उहाँले बताउनुभयो ।

अर्जुनधारा ९ स्थित खरबन्दीमा मंगलवार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् । बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन् ।

तस्बिर : बिस्णुकुल श्रेष्ठ 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
382
सम्बन्धित

लोकप्रिय

लोकप्रिय