एन्फा महिला लिग : आज दुई खेल हुँदै

काठमाडौं । एन्फा महिला लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आर्मीले आफ्ना तीनमध्ये २ खेलमा जित र एकमा हारको नतिजा निकालेर ६ अंक जोडेको छ। बागमतीले यसअघि एक खेलमा मात्र जित निकालेको छ। यस्तै दोस्रो खेलमा दिउँसो साढे ३ बजे वालिङ नगरपालिका र एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

एपीएफले तीन खेलमध्ये २ मा जित र एकमा बराबरी खेल्दै ७ अंक जोड्दा वालिङ नगरपालिकाले समान तीन खेलमा २ जितसहित ६ अंक जोडेको छ।


यसअघि बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई २-० ले हराउँदै संकटाले पहिलो जित निकालेको थियो। पहिलो खेलमा कोशी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले कोशीलाई ४-० को जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
237
सम्बन्धित

लोकप्रिय

लोकप्रिय