वाइफाइको रिचार्ज नगरेको विषयमा झगडा हुँदा श्रीमतीको हत्या, दुई छोरी घाइते

बारा । बारामा वाइफाईको रिचार्ज नकिनेको विषयमा झगडा हुँदा श्रीमतीको हत्या भएको छ भने दुई छोरी घाइते भएका छन्।

निजगढ नगरपालिका-८ का ४६ वर्षीया बिमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार आमालाई बचाउने क्रममा उनका १८ वर्षीया छोरी गंगा र १५ वर्षीया जमूना घाइते भएका छन्। सोमबार साँझ ७:४५ बजेतिर उनीहरूबीच झगडा भएको थियो।


‘पैसा छैन भनेर विमलले दुई/तीन दिनदेखि रिचार्ज नहालेका रहेछन्,’ उनले भने, ‘सोमबार रक्सी खाएर आउँदा लक्ष्मीले रक्सी खान पैसा हुने रिचार्ज किन्न पैसा नहुने भन्ने विषयमा विवाद भएछ।’

त्यही विवाद बढ्दै जाँदा खुर्पा प्रहार गरेर श्रीमतीको हत्या गरेको उनले जानकारी दिए। उनको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ भने बिमल प्रहरीको नियन्त्रणमा छन्। 

घाइते छोरीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। गंगाको अवस्था गम्भीर छ भने जमूनाको अवस्था सामान्य रहेको डिएसपी सापकोटाले जानकारी दिए। स्रोत : सेतोपाटी डटकम

 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
274
सम्बन्धित

लोकप्रिय

लोकप्रिय