भ्रष्टाचारको एउटै मुद्दामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना दोषी ठहर

वीरगञ्ज । भ्रष्टाचार गरेको एउटै मुदामा मधेस प्रदेशस्थित सिरहाको नवराजपुर गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,तीन जना वडाध्यक्षसहित १४ जना दोषी ठहर भएका छन। विद्यालय भवन निर्माणको क्रममा भ्रष्टाचार गरेको मुद्दामा गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १४ जना दोषी ठहर भएका हुन्।

दोषी ठहर हुनेहरुमा गाउँपालिकाको वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष खुशीलाल साह,वडा नम्बर ४ का वडाध्यक्ष मदन यादव र ५ का वडाध्यक्ष मनोज यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश निधी, जिन्सी प्रमुख सञ्जय प्रसाद यादव, इन्जिनियर कृष्णा साह, सबइन्जिनियर सन्तोषकुमार यादव लगायत उपभोक्ता समितीका पदाधिकारीहरु छन्। आव ०७७र७८ मा वडा नम्बर २ स्थित रामजानकी दलित आधारभूत विद्यालयको भवन निर्माणको लागि प्रदेश साँसद कोषबाट आएको रकम भवन निर्माणको कामै नगरी झुठो बिलले १४ लाख ५१ हजार ५५१ रुपैया भुक्तानी गरेरगराएको आरोपमा अख्तियारले अनुसन्धान गरी बितेको जेठ २१ गते विशेष अदालतमा मुदा दायर गराएको थियो।

अदालतमा दायर भएको उक्त मुदाको अदालतका न्यायाधीश टेकबहादुर कुँवर र तेज नारायणसिँह राईको इजलासले मंगलबार १४ जनालाई नै दोषी ठहर गरेको हो। अदालतले अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुलाई जनही तीन महिना कैद र दस हजार जरिवाना गरेको छ ।


प्रमुख प्रशासकीय अधिकृत कुसियैत र लेखापाल आचार्यलाई ३र३ महिना कैद र २ लाख ७ हजार रुपैयाँ जरिवाना र उपभोक्ता समितिका पदाधिकारीहरुलाई जनही तीनरतीन महिना कैद सजाय अदालतले तोकेको छ । इन्जिनियर साह र सब इन्जिनियर यादवलाई पनि ३ महिना कैद र १० हजार जरिवाना विशेष अदालतले तोकेको छ । देश सञ्चारबाट

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
233
सम्बन्धित

लोकप्रिय

लोकप्रिय