कोशीका पूर्वमुख्यमन्त्री कार्कीले तोडे आमरण अनशन

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन्। उनले उठाएका माग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि विराटनगर-६ निवासी निर्मला शर्माका ४२ दिने शिशुको हातबाट जुस खाई कार्कीले अनशन तोडेका हुन्।

सरकारको सन्देश दिन आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारी वार्ता स्थलमा आएका थिए। मन्त्री अधिकारीले भने, ‘कार्कीले उठाएका माग पूरा गर्न सरकार सकारात्मक छ।’

पूर्वमुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमत भएकोले अनशन तोडेको बताए। जनप्रिय कार्यक्रमहरु कटौती भएको भन्दै कार्कीले मंगलवारबाट कोसी प्रदेशसभानजिकै देवकोटा चोकमा आमरण अनशन शुरु गरेका थिए।‌


​प्रदेश सरकार र कार्की पक्षका प्रतिनिधिबीच साँझ विराटनगरमा वार्ता भई माग पूरा गर्ने विषयमा सहमति जुटेको थियो। वार्तामा सहभागी नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईंले कार्कीले उठाएका माग सम्बोधन गर्न कोशी प्रदेश सरकार सहमत भएको जानकारी दिए।‌

​वार्ताको नेतृत्व मुख्यमन्त्री हिक्मत कार्कीले गरेको र उठेका माग सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए।

पूर्वमुख्यमन्त्री कार्कीले कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको निस्शुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेकाले यसविरुद्ध आमरण अनशन शुरु गर्नुपरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
182
सम्बन्धित

लोकप्रिय

लोकप्रिय