बिर्तामोडको बजेट पुस्तिका सार्वजनिक, उत्कृष्ट ढंगले काम गर्न मेयरको निर्देशन

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । आज (बुधवार) नगरको सभाहलमा आर्थिक बर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको हो ।

नीति, कार्यक्रम तथा बजेट पुस्तिका नगर प्रमुख पवित्रा महतरा प्रसाई, उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको हो । आर्थिक बर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गर्दै नगर प्रमुख प्रसाईले काम गर्दै जाँदा आउने बाधा अड्चनलाई समाधान गर्दै विकास निर्माणलाई अघि बढाउनु साझा जिम्मेवारी भएको बताउनुभयो ।

पुस्तिकामा उल्लेखित विकास योजनाअनुसार काम गर्न कर्मचारीहरुलाई निर्देशन दिदैं प्रमुख प्रसाईले जनप्रतिनिधिहरुलाई सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । सबै वडाहरु काममा उत्कृष्ट छन्, उहाँले भन्नुभयो – अबको वर्ष पनि जनताको काम उत्कृष्ट ढंगले हुने विश्वास छ । जनप्रतिनिधि र कर्मचारीहरुको प्रयासले जिल्लामा अन्य पालिकाभन्दा उत्कृष्ट काम गर्न सफल भएको उहाँको भनाई छ । नीति कार्यक्रम तथा बजेट कार्यान्वयनमा गल्ती कमजोरी सुन्न नपरोस्, उहाँले भन्नुभयो – कमजोरी भएमा त्यसको असर जनतालाई हुनेछ । हामीले जनतालाई असर पुग्ने काम गर्न हुदैन । कार्यक्रममा बोल्दै उहाँले काम गर्ने मान्छेबाट गल्ती हुन सक्ने बताउनुभएको छ । कमजोरी नगरी काम गरौं, कोहिसँग डराउनुपदैन, उहाँले थप्नुभयो ।


बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि एक अर्व, ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । नगरको शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि, भौतिक संरचनालगायतका क्षेत्रलगायतलाई समेटेर उक्त नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको थियो ।

नगर उप–प्रमुख संगौलाले अर्जुनधारा नगर, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरलाई समेटेर उपमहानगरपालिका बनाउनु पर्नेमा जोड दिनुभयो । तीन वटा पालिकालाई एउटै बिकासको गति दिन पनि उप–महानगरपालिका बनाउन आवश्क रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा बिर्तामोड–१ का वडाध्यक्ष तथा प्रबक्ता अग्निप्रसाद पाण्डेले विकास निर्माणमा बिर्तामोड अब्बल भएको बताउनुभयो । उहाँले शुभकामना दिदैं नगरको विकासमा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
1
+1
0
225
सम्बन्धित

लोकप्रिय

लोकप्रिय