दोमुखा विकासमा नगरको सक्रियताः सडकमा इन्टरलक क्लब तथा माइधारमा गेट निर्माण

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखमा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाउन सुरु गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोर्ट तथा स्वीमिङ पुल जाने सडकमा पार्केटिङ्ग लगाउन सुरु गरिएको हो ।

नगरले आन्तरिक तथा बाहिय पर्यटकका लागि सडक विस्तारलाई तिब्रता दिएको छ । दोमुखाका जाने माइधरमा नयाँ गेट समेत निर्माणको चरणमा रहेकोे नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए । उनले दोमुखाको मुख्य क्षेत्रमा ढुंगा इटा प्रयोग गरेर भौतिक संरचना बनाउन नहुने बताए । दोमुखालाई प्राकृतिकरुपमा सुन्दर बनाउन लागि परेका छौं । उनले भने, सडक बत्ती, दोमुखा क्षेत्र भित्र झिलमिली बत्ती जडान गरी बेलुका पनि पर्यटकहरु आउनलाई आकर्षित बनाई सन्ध्या कालिन कार्यक्रमहरुको समेत आयोजना गरिने योजना रहेको छ ।

हाल पार्केटिङ्ग लगाइएको क्षेत्रमा पिकनिङ स्र्पोट, स्वीमिङ्ग पुल, चिल्ड्रेन पार्क र पर्यटकहरुलाई बस्नको लागि सुविधा सम्पन्न होटलहरु रहेका छन् । दोमुखामा रहेको ट्रस्ट ब्रिजदेखि दक्षिण स्वीमिङ्ग पुलसम्म जाने ७३० सय मिटर सडकमा टायल्स लगाउन सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।


पार्केटिङ्ग टायल्स र माइधारमा निर्माणधिन गेट एउटै ठेक्कामा लगाइको इन्जिनियर उत्तम बरालले जानकारी दिए । उनका अनुसार भ्याट र कन्सलटेन्सीसहित ८४ लाख ६१ हजार ५५० रकममा भिमेश्वर कन्स्ट्रसन प्रालिले काम गरिरहेको छ । निर्माणधिन सडक ६ मिटर चौडाई, ६० एमएमको ब्लक लगाइएको छ । माइधारमा निर्माण हुँदै गरेको दुईमुखे गेटमा ग्रिनट र चाइनिज इटा लगाएर बन्दै छ । जसमा तीन ओटा पिल्लर राखेर निर्माण गरिदिदै गरेको इन्जिनियर बरालको भनाई छ ।

सडकको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की समेतले अनुगमन गरेकी छिन् । अनुगमनका क्रममा उपप्रमुख कार्कीले भनिन्, सताक्षीधाम पछि दोमुखामा नगरपालिकाले ठूलो लगानी गर्दैछ । दोमुखा नगरको गौरव पनि हो । यहाँ निर्माण गरिएका संरचनाहरु मापदण्ड अनुसार चुस्त र पारदर्शी ढंगबाट निमार्ण गर्नु नगरको कतव्र्य रहेकाले निर्माण सम्पन्न नहुन्जेल निरन्तर अनुगमन र निर्माण कम्पनीलाई खवरदारी गर्ने छौं ।

सडक र गेट निर्माण असोज मसन्त सम्ममा निर्माण सम्पन्न हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
251
सम्बन्धित

लोकप्रिय

लोकप्रिय