बिर्तामोडमा एक महिला मृत फेला

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ५ स्थित कान्तिपुर ड्राइभिङ सेन्टरको पछाडि एकजना महिला मृत भेटिएकी छन् ।

नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षको जस्तो देखिने महिला साँझ ५ः३० बजे मृत फेला परेकी हुन् ।

मागी खाई हिँड्ने महिला मृत फेला परेको र प्रहरी टोली घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
5
सम्बन्धित

लोकप्रिय

लोकप्रिय