कोशीको अपराजित यात्रामा ब्रेक, पुलिससं ४-० को हार

काठमाडौं। अपराजित कोशी प्रदेशको यात्रामा ब्रेक लगाउँदै विभागीय टोली नेपाल पुलिस क्लब एनेफा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिसले कोशीलाई ४-० ले पराजित गरेको हो। जितसँगै शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अंक जोडेको छ। पहिलो हार बेहोरेको कोशी दोस्रो स्थानमा धकेलिएको छ।

कोशीले पहिलोपल्ट विभागीय टोलीसँग प्रतिस्पर्धा गरेको हो। त्यसैले अघिल्लो तीन खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंक जोड्न सफल भएको थियो।


पुलिसको जितमा अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती अमृता जैशीले गोल गरिन्। पुलिसले २४औं मिनेटमै अनुष्काको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। तर, दोस्रो हाफ सुरु भएको ३५ सेकेन्डमै पुलिसले अग्रता दोब्बर बनायो। यसपल्ट भने निर्मलाले गोल गरेकी हुन्।

निर्धारित खेल सकिन १० मिनेट बाँकी रहँदा कोशीकी गोलकिपर बुली सरकार अगाडि बढेको अवस्थामा सम्झनाले गोल गरिन्। त्यसो आठ मिनेटपछि नै अमृताले अर्को गोल थप्दै ४-० को सहज दिलाइन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
161
सम्बन्धित

लोकप्रिय

लोकप्रिय