दसैँका लागि असोज १३ गतेदेखि नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोटको सटही कार्य असोज १३ गतेदेखि सुरु गर्ने भएको छ।

राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो। तर, यसपटक भने नयाँ नोटको सटही हुने छैन् । प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने बैंकले जनाएको छ।

सफा र सुकिलो नोटको मौज्दात रहुन्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो। सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापनसमेत झन्झटिलो हुने गरेको थियो।


दसैँको मुखमा सटही गरिएका नोट उक्त चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र तत्पश्चात ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
302
सम्बन्धित

लोकप्रिय

लोकप्रिय