झापाकी दीक्षाको अस्ट्रेलियामा शङ्कास्पद मृत्यु, परिवारद्वारा छानबिनको माग

प्रकाश उप्रेती, झापा । झापाको मेचीनगर-१४ की तुलसामाया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको सबैभन्दा ठुलो शहर सिड्निदेखि केहीदुरिमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो । दिक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार `एभरेस्ट बुचरी´मा पार्टटाइम काम गर्दै आएकी थिइन् । भने उनको श्रीमान् रबि प्रसाईं सोही `बुचरी´ घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् ।

अघिल्लो दिन रबि र तुलनामाया सँगै डिउटी जाने र सँगै फर्केका थिए । अर्कोदिन (८ सेप्टेम्बर) भदौ २३ गते सँगै डिउटी समयमा आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउण्टर सोझै देखिन्थ्यो । काउण्टरमा दिक्षालाई नदेखेपछि रबिले खोजीकार्य बढाएको उनको भनाई छ । छोरी दिक्षा हराएकी रहिछ, दिक्षाकी आमा अम्बिका शिवाकोटीले भनिन्, `अघिल्लो दिन गफ गरेकी छोरिलाई पटकपटक फोन गर्दा लागेन अनि ज्वाईं रबिलाई गरेपछी मात्रै हराएको कुरा थाहा भएको थियो । सिड्नी शहरमा ५ दिनयता एउटा कोठामा बस्दै आएकाले नयाँ शहरमा कतै झुक्किइँ होला भन्ने लाग्दै ज्वाईंलाई खोज्न आग्रह गरे ।´ सो कुरा आमा अम्बिकाले जेठी छोरी आशालाई जानकारी गराएलगत्तै रबिलाई फोन गरेर पुलिस केश गर्न भनिन् । रबिले पनि स्थानीय ठाउँमा खोज्ने नभेटिए पुलिस रिपोर्ट गर्छु भने तर, दिक्षालाई न रबिले नै भेटे न स्थानीयले । रबिले रडेल र सिड्नी पुलिस स्टेशन पुगेर वेपता भएकी पत्नी खोजीदिन भन्दै निवेदन गरेका थिए ।

अस्ट्रेलियाको मिसिङ नोटिक्स सार्वजनिक गरेपछि त्यहाँको समयनुसार १०:४ बजे पसलबाट निस्किएकी दिक्षालाई झन्डै २५ किलोमिटरदुरिमा रहेको फिलिप्स पार्कभित्र ६ घण्टापछि ५ बजे शंकास्पद अवस्थामा मृत शव फेला परेको हो । प्रहरीको अनुशन्धानकै क्रम रहेकाले उनको शब हालसम्म परिवारलाई दिएको छैन ।


दिक्षाको मृत्यु कि हत्या ?

२०५३ सालमा जन्म भइ २७ वर्षकी दिक्षाको कलिलै उमेरमा कसरी र के कारणले मृत्यु भयो शंकास्पद र रहस्यमय छ । प्रहरीको रिपोर्टपछि आत्महत्या नै गरेको रहेछ भनेपनि आत्महत्या दुरुत्साहनको कानूनी प्रक्रिया अघि बढाउने दिक्षाको माइती पक्षकाे भनाइ छ । दिक्षा झापा मेचीनगर-१४ रामनगरस्थित उनका बुवा टंकप्रसाद र आमा अम्बिका शिवाकोटीको ५ जना सन्तानमध्ये कान्छी छोरी हुन् । उनका दुईजना दाजु बिदेशमै छन् । शालीन, मृदुभाषी, असिलो स्वभाव र परोपकार-सहयोगी मनकी धनी दिक्षाको मृत्युको खवरले परिवार, आफन्त र मेचीनगर-११ र १४ घरछिमेकी शोकमा डुबेका छ्न् । माइती घरमा दैनिक आफन्त र इष्टमित्रको घुइँचो बढेको छ ।

अस्ट्रेलियास्थित विभिन्न संस्थाको भनाई:

उता सत्यतथ्यका लागि प्रहरीको अनुशन्धानकै क्रममा रहेको एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले जानकारी दिए । अस्ट्रेलिया आएको ४ महिनामै कसरी उनको मृत्यु भयो उनका पति, आफन्त, साथिभाई या पारिवारिक समस्याकै कारण पनि हुनसक्ने अध्यक्ष ओलीको भनाई छ । घटनाको हुलियाँको अवस्थापछि प्रहरीले मृत भनेको छ तर, दिक्षाको माइततिर `सुसाइड´ घटना हो भनेर खबर गरेपछि घटना शंकास्पद नै भएको झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेतीको भनाई छ ।

यद्यपि अस्ट्रेलियन प्रहरीले कुनै दवाब र प्रभाव बिना त्यसको सत्यतथ्य पत्ता लगाउन हामी पनि सहयोग गर्छौ, उप्रेतीले भने,`अस्ट्रेलिया आएकै ४ महिनामा मृत फेला हुनुको रहस्यमय, शंकास्पद र पहिलो घटना हो । यसअघि पनि यस्ता घटना भए तर, यति छोटो समयमा चै घटना भएको थिएन ।´बहुसंख्यक नेपालीको बसोबास रहेको अस्ट्रेलियाको सिड्नीमा भएको घटना रहस्यमय भएको गैरआवासीय नेपाली समाज `एनआरना´ संयोजक दिनेश पोख्रेलले बताए । प्रहरीको अनुसन्धानकै क्रममा भएकाले त्यसलाई सघाउने र परिवारलाई एक्लै भएको महसुस नगर्नसमेत संयोजक पोख्रेलले आग्रह गरे । उनले अस्ट्रेलियामा रहेका कुनैपनि समस्यामा परेका नेपालीले सम्पर्क गर्नसमेत आग्रह गरे ।

श्रीमान रबि प्रसाईसंग दिक्षा शिवाकोटी

दिक्षा र रबिको बैवाहिक सम्बन्ध कसरी बड्यो:

अनामनगरस्थित श्रीकृष्ण प्रसाईंका छोरा रबिले गत २०८० असार २९ गते दिक्षासँग बिधिवत रुपमा मागी बिहे गरेका थिए । । बिहेपछि रबिका लागि दिक्षा दोस्रो पत्नी बनिन्। बिहेपछी सिड्नीकै पिआर कार्ड प्राप्त रबि अस्ट्रेलिया प्रस्तान गरेका थिए । अस्ट्रेलियाको पिआर कार्ड प्राप्त पहिलो पत्निसँग सम्बन्ध बिच्छेद गरेर बसेका रबि र बिदेशबाट नफर्केका श्रीमानलाई सम्बन्ध बिच्छेद गरेर बसेकी दिक्षाबीच पारिवारिक माध्यमबाट मागी बिवाह भएको थियो । रबिको पहिलो पत्नीसँग २ जना छोरा अस्ट्रेलियामै छ्न् । तीमध्ये १ जना साबालक र १ जना नाबालक भएकाले ती नाबालकलाई अस्ट्रेलियामा `चाइल्ड हेल्प´ अन्तर्गत रबिले नै लालनपालनको खर्च बेहोर्दै आएका छ्न् । पहिलो पत्नी अस्ट्रेलियाको न्यु साउथ वल्स प्रान्तमा दुई छोरासँग बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
378
सम्बन्धित

लोकप्रिय

लोकप्रिय