गुरुङ र उपसभामुखको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक बस्दै छ । सभापति शेरबहादुर देउवा निवासमा आज बिहान साढे ८ बजे बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । हालै कांग्रेस उपसभापति धनराज गुरुङको नाम सहकारी ठगीमा जोडिएको छ । तर, उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

यस्तै उपसभामुख इन्दिरा रानाको विषयमा पनि बैठकमा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे निर्णय हुने बताइएको छ ।


सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले अमेरिकी दूतावासलाई लेखेको पुरानो पत्रबारे प्रश्न उठाउँदै उपसभामुखलाई पदबाट हटाउनेबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय