मेचीनगरमा खुकुरी प्रहारबाट २ जना घाइते, एक पक्राउ

झापा । खुकुरी प्रहार गरी दुई जना छिमेकीलाई घाइते बनाउने झापा मेचीनगर १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले गएराति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरु २४ वर्षीय अरण कवर र ३८ वर्षीय जुरेन कवरमाथि खुकुरी प्रहार गरेका थिए ।

अरुणको टाउको र देब्रे हातमा चोट लागेको छ भने जुरेनको तल्लो ओठमा चोट लागेको छ ।


घाइतेहरुलाई उपचारका लागि मनमोहन हस्पिटल बिर्तामोडमा ल्याइएको र खुकुरी प्रहार गर्ने नेपालीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
296
सम्बन्धित

लोकप्रिय

लोकप्रिय