सत्ता साझेदारले कार्यकर्ता भर्ती गर्न उपसभामुखलाई हटाउन खोजेको लिङ्देनको आरोप

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता साझेदार दलहरू कार्यकर्ता भर्ती गर्न उपसभामुखविरुद्ध लागेको आरोप लगाउनुभएको छ ।

आज झापाको विर्तामोडमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले संवैधानिक परिषद्‍मा सहज बहुमत पुर्‍याउन उपसभामुख हटाउने प्रपञ्चमा सत्तारूढ दल लागेको आरोप लगाउनुभएको हो। संवैधानिक परिषद्को गणितले अप्ठ्यारो पारेकाले कांग्रेस र एमाले मिलेर उपसभामुखलाई हटाउन लागेको उहाँको दाबी छ ।

अध्यक्ष लिङ्देनले एनसेललाई किस्ताबन्दीमा कर बुझाउने सुविधा दिँदासमेत सरकारले भ्रष्टाचार गरेको आरोप लगाउनुभयो । हामीलाई एक दिन कर नतिर्दा फाईन लाग्छ, एनसेललाई त्यो सुविधा कसको इसारामा दिएको हो’ उहाले प्रतिप्रश्न गर्नुभयो ।


यही व्यवस्था रहँदासम्म देशमा स्थायित्व र विकास नहुने भएकाले परिवर्तनको अग्नि परीक्षामा उत्रिन पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाले सरकारमा सहभागी दलहरुले ३५ बर्ष यता राज्यको सम्पत्ति मात्र दोहन गरेको बताउनुभयो । हिजो बहुदलीय ब्यबस्थाका लागि लडेका दलहरु आज दुई दलीय ब्यवस्था मान्नुपर्ने स्थानमा आएका छन्’ उहाले भन्नुभयो- ‘यतिबेला नेपाली कांग्रेस र एमाले दुई दलीय ब्यवस्थाको पक्षमा पुग्नु भनेको अब बर्षौंसम्म राज्य स्रोतको दोहन गर्ने वाताबरण बनाउनु मात्र हो ।’

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
211
सम्बन्धित

लोकप्रिय

लोकप्रिय