भियतनाममा शक्तिशाली समुद्री आँधी, ८० जना भन्दाबढीको मृत्यु

हानोई । भियतनाममा शक्तिशाली समुद्री आँधी यागीका कारण कम्तीमा ८२ जनाको मृत्यु भइसकेको छ । शनिबारयता आँधीको प्रभावले मुसलधारे वर्षा भएको थियो भने पहिरो र बाढी आएको थियो ।

उत्तरी प्रान्तका केही क्षेत्रमा हजारौँ मानिसहरू घरको छतमा अलपत्र देखिएका छन् । कयौँले सामाजिक सञ्जालमा दयनीय तस्बिरहरू पोष्ट गरेको देखिएको छ । यागी भियतनाममा ३० वर्षयता आएको सबैभन्दा शक्तिशाली समुद्री आँधी थियो ।

यसले देशको उत्तरी हिस्सामा वितण्डा मच्चाएको छ । १५ लाख मानिसहरू बिजुली बत्ती बिना बस्न बाध्य भएका छन् । सोमबार फु थो प्रान्तमा व्यस्त पुल भत्किँदा कयौँ सवारी साधन नदीमा खसेको थियो । आँधी कमजोर बनेर उष्णकटिबन्धीय चक्रवातमा रुपान्तरित भएको भएपनि पश्चिमतिर बढ्दै गर्दा यसले थप उत्पात मच्चाउने चेतावनी दिइएको छ ।


अधिकारीहरूले उत्तरको १८ वटा प्रान्तका ४०१ स्थानमा पहिरो र बाढीको चेतावनी जारी गरेका छन् । मंगलबार बिहान थाई न्गुयेन र येन बाई प्रान्तमा अधिकांश एक तले घरहरू पानीमा चुर्लुम्म डुबेका थिए । घरका बासिन्दाहरू छत छतमा मद्दत कुरेर बसिरहेका देखिन्थे । भियतनाम आइपुग्नु अघि यागीका कारण दक्षिणी चीन र फिलिपिन्समा २४ जानको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
915
सम्बन्धित

लोकप्रिय

लोकप्रिय