पूर्वमुख्यमन्त्री कार्की फेरि अनशन स्थलमै फर्किए, अवस्था तनावपूर्ण

झापा । अनशन स्थलबाट जबरस्ती उठाइएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले घरमा बस्न अस्वीकार गरेका छन्।

अनशन बसेको स्थल देवकोटा चोकबाट उठाएर उनलाई प्रहरीले निजी निवास लगे पनि कार्कीले गैरकानुनी काम गरेको भए थुनामा राख्न अन्यथा अनशनमै बस्न दिन माग गरेका हुन्।

प्रहरीले घरमा लगेर छाड्न खोजे पनि उनी राति ९ बजेतिर निजी सवारी साधनमा अनशन स्थलमै फर्किएका छन्। तर पहिलाकोे अनशनस्थल भने प्रहरीले घेरा हालेको छ।


ठूलो संख्यामा कार्कीका समर्थक पनि त्यहाँ पुगेका छन्। जसले गर्दा त्यहाँ फेरि झडपको संभावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
292
सम्बन्धित

लोकप्रिय

लोकप्रिय