यिनै हुन विश्वमा सबैभन्दा धेरै सस्क्राइबर भएको २५ युट्युब च्यानलहरु [ च्यानल लिंक सहित ]

विर्तामोड । अहिले इन्टरनेटको जमानामा युट्युब एप नभएको स्मार्टफोन सायदै नहोला । यो युट्युब नामको सामाजिक सञ्जाल यसरी फैलियो कि पछिल्लो १ दशकमा त्यसको लेखाजोखा नै छैन । विश्वका ठुलाठुला सञ्चारमाध्यमहरु देखि चर्चित व्यक्तिहरु समेत यसमा जोडिएका छन् भने परम्परागत सञ्चारमाध्यमहरु टिभी, रेडियो, पत्रपत्रिकाहरु समेत यसैमा समाहित हुन लागिसकेको अवस्था छ । अहिलेको समयमा इन्टरनेटमा खोजी गरिनेमा गुगल पछाडि युट्युब नै पर्दछ, संयोगवश यि दुवै गुगलको स्वामित्वको कम्पनीहरु हुन् ।
पेपल नामको अमेरिकी कम्पनीबाट जागिर छोडेका ३ जना व्यक्तिहरु स्टेभ चेन, चाड हर्लीजावेद करिमले एउटा भिडियो साझा गर्ने उद्धेश्यले सन २००५ फेब्रुअरी १४ मा युट्युब स्थापना गर्दछन । उनीहरुले सन २००६ अक्टोबरमा गुगललाई १.६५ अरब अमेरिकी डलरमा बिक्री गर्दछन् । त्यसपश्चात गुगलले विभिन्न परिमार्जन गर्दै आजको समयमा सर्वप्रिय सञ्जालको रुपमा विकास गरेको छ । [1]
युट्युब गुगलले खरिद गर्न अगाडि सन २००५ अक्टोबरमा यसका पेपलका पुर्व कर्मचारी रहेका संस्थापकहरुले सस्क्राइब भन्ने बटन प्रयोगकर्ताहरुमाझ प्रस्तुत गर्दछन् र यसको विशेषता चाहि प्रयोगकर्ताहरुले मनपरेको च्यानलबाट प्रकाशित हुने भिडियोहरुको सुचना पाउनु थियो । यहि सस्क्राइब बटन च्यानलहरुको प्रसिद्धिको मापन बनिरहेको छ । अब यहाँ विश्वमा सबै भन्दा बढि सस्क्राइब गरिएका २५ वटा च्यानलहरुको बारेमा तथ्य तस्विरहरु प्रस्तुत गर्दछौ । उक्त फोटोहरुमा च्यानलको सस्क्राइबर संख्या, भिडियाे संख्या, जम्मा भ्युज, क्षेत्र, अवधि (उमेर) साथै च्यानलको लिंक समेत दिइएको छ, फोटोमा क्लिक गरेपछि उक्त च्यानल खुल्नेछ । जसमध्ये ११ वटा च्यानल चाहि छिमेकी राष्ट्र भारतबाट प्रशारित हुने रहेको छ ।  [2]

  1. MrBeast
  2. T-Series

  3. Cocomelon – Nursery Rhymes
  4. SET India

  5. Kids Diana Show
  6. Vlad and Niki
  7. Like Nastya
  8. PewDiePie
  9. Zee Music
  10. WWE
  11. Goldmines
  12. Sony SAB
  13. Blackpink
  14. ChuChu TV Nursery Rhymes & Kids Songs
  15. Stokes Twins
  16. Zee TV
  17. 5-Minute Crafts
  18. BANGTANTV
  19. Pinkfong
  20. Colors TV
  21. Hybe Labels
  22. Justin Bieber
  23. T-Series Bhakti Sagar
  24. Shemaroo Filmi Gaane
  25. Tips Official

 

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
483
प्रदीप सिंजाली मगर
प्रदीप सिंजाली मगरhttps://pradipsinjalimagar.wordpress.com/
प्रतिक्रियाको लागि सुर्योदय नगरपालिका वडा नं. १४ इलाममा बस्ने उनलाई इमेल माध्यमबाट [email protected] मा र यहाँ उल्लेखित सामाजिक सञ्जालहरुबाट पनि सम्पर्क गर्न सकिनेछ ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय