बिर्तामोडको स्पाइन एक्स अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्त आन्दोलित

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ भगवान् चौकस्थित स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरू आन्दोलित भएका छन् ।

एनेस्थेसिया सम्बन्धी चिकित्सकबिना नै हेल्परले अप्रेसन गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरेका हुन् । दुर्घटनामा परी घाइते भएका भारतको बिहारस्थित जोगबनी घर भई हाल फिदिम नगरपालिका-२ पल्लोटारमा बस्दै आएका ३० वर्षीय मोहम्मद इर्साद हुसेनको उपचारका क्रममा आज मंगलबार बिहान ७ बजे मृत्यु भएको हो । त्यसपछि आफन्तहरूले अस्पतालमा होहल्ला गरेपछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो ।

अस्पतालमा तनाव भएपछि प्रहरी पठाएर स्थिति सामान्य बनाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले अस्पताल पक्षले उपचार खर्च मिनाहालगायत लेनदेनमै विवाद मिलाएको कुरा सुनेको जानकारी दिए । त्यसपछि मृतक परिवारले शव बुझेका थिए । हुसेन पाँचथरको एक ट्याक्टर ग्यारेजमा काम गर्दथे ।


पाँचथरको फिदिम नगरपालिका-२ लाँलीखर्कस्थित मेची राजमार्गमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको प्र १–०१–००१ ख ४३३४ नम्बरको ट्रक र फिदिमतर्फ जाँदै गरेको हुसेन चढेको मे ८ प ७९०४ नम्बरको मोटरसाइकल शनिवार दिउँसो १२ बजे एकापसमा ठोक्किएको थियो । तिघ्रामा चोट लागेर हुसेन गम्भीर घाइते भएका थिए ।

उनलाई पाँचथर जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि सोही दिन बेलुका स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टरमा रिफर गरिएको थियो । ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका-२ काबेली निवासी ३६ वर्षीय तिलक भण्डारीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ। प्रतिदिनबाट 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
1
+1
0
+1
1
+1
0
990
सम्बन्धित

लोकप्रिय

लोकप्रिय