मेची ट्रान्सपोर्ट एशोसिएसन झापाको अध्यक्षमा ढकाल, उपाध्यक्षमा तामाङ निर्वाचित

बिर्तामोड । मेची ट्रान्सपोर्ट एशोसिएसन झापाको अध्यक्षमा मोहन कुमार ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । हिजो (सोमबार) बिर्तामोडमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशनबाट ढकाल सर्वसम्मत निर्वाचित हुनु भएको हो । अधिवेशनले संस्थाको १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

नव–निर्वाचित समितिको उपाध्यक्षमा पदम बहादुर तामाङ चयन हुनु भएको छ । समितिको महासचिवमा श्याम प्रसाई, सचिवमा पदम बहादुर श्रेष्ठ, सह–सचिवमा भुवन आचार्य, कोषाध्यक्षमा निर्मलराज खत्री र सह–कोषाध्यक्षमा महेश हमाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यस्तै समितिको सदस्यहरुमा हेमराज अधिकारी, सोम प्रसाद आचार्य, निर्मलकुमार श्रेष्ठ, प्रेमप्रसाद लम्साल, डिल्लीमान चोङ्बाङ, विवेककुमार गुप्ता, नविन दंगाल र रुपक थापा चयन हुनुभएको छ । संस्थामा साविक मेची अञ्चल भरिका ५७ ढुवानी व्यवसायी सदस्य रहेका छन् । संस्थाको समितिको कार्यकाल ३ वर्षको रहने छ ।


ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधव प्रसाद नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अथिति महासंघका बरिष्ठ उपाध्यक्ष अच्युतराज खनाल, महासचिब पुष्पराज श्रेष्ठ, निर्वतमान अध्यक्ष विस्वनाथ खनाल, कोषाध्यक्ष सरोज रेग्मी ढुवानी महासंघ १ नम्बर प्रदेश प्रमुख भोला पौडेल, मेची ट्रान्सपोट एशोसीएसनका पुर्वअध्यक्ष बिमल आचार्य, बतास एमएडब्लु कमर्सियल भेहिकल प्रालिका मेचि प्रमुख अनिल पौडेलको आतिथ्य रहेको थियो ।

अधिवेशनमा ढुवानी सेवा राज्यको मुल व्यवसायीक मेरुदण्ड भएको व्यवसायीहरुले धारणा राखेका थिए । उनीहरुले यात्रु वाहक सवारिको सबै स्थानहरुको समय समयमा भाडा सरकारले समायोजन गरेपनि ढुवानिको भाडा समायोजनमा ध्यान नदिएको गुनासो गरे । उनीहरुले सम्बन्धीत जिल्लाको भुगोल अनुसारको भाडा निर्धारण गर्नुपर्ने लगायतका कुरा उठाएका थिए ।

सस्थाको संगठानिक प्रतिवेदन अध्यक्ष मोहनकुमार ढकाल र कोषाध्यक्षको प्रतिवेदन हेमन्त प्रसाईले प्रस्तुत गर्नुभएको थियो भने स्वगत पदमबहादुर तामाङ र सञ्चालन नविन दंगालले गर्नुभएको थियो । निर्वाचन समितिका आयुक्त रुद्रप्रसाद भुर्तेलल नवनिवाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रायोजगहरुलाई कदर पत्र तथा अथितिलाई मायाको चिनो प्रदान गरिएको थियो। झापाबाट सुरु भएको एशोसिएसनमा हाल १८ वटा शाखा रहेको बताइएको छ । २०६४ सालमा दर्ता भएको एशोसिएसन ढुवानी व्यवसायीको पहिलो संस्था हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
371
सम्बन्धित

लोकप्रिय

लोकप्रिय