बिर्तामोडको सिटी सेन्टरमा एक महिने जुत्ताचप्पल मेला

बिर्तामोड । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आजदेखि जुत्ताचप्पल मेला सुरु भएको छ । दसैँतिहार लक्षित मेला दोस्रो पटक लागेको हो ।

बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महातारा प्रसाईले मेलाको उद्घाटन गरेकी छन् । मेयर प्रसाईंले स्थानीय स्रोतसाधनको उपयोगमा लाग्नुपर्नेमा जोड दिँदै मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन आवश्यक रहेको बताइन् ।

गतवर्ष आयोजना भएको मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यसवर्ष पनि मेला आयोजना गरेको जनाएको छ । मेलामा नेपालका ५ वटा कम्पनीका ३ हजार मोडलका जुत्ताचप्पल बिक्रीका लागि राखिएको बताइएको छ ।


बिर्तामोड सिटी सेन्टरले आयोजना गरेको मेलाको सह–आयोजक ‘नेपाली जुत्ता घर’ रहेको छ । ‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना भएको मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरी ५ वटा कम्पनीको २५ वटा स्टल छन् ।

मेला संयोजक होमनाथ उपाध्यायका अनुसार चाड पर्वलक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध छन् । एक महिनासम्म सञ्चालन हुने मेलामा १ लाख अवलोकनकर्ता आउने तथा २ करोडबराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ । गतवर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो ।

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिइने आयोजकका नानीराज घिमिरेले जानकारी दिए । उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, आयोजकका तर्फबाट दिपेन्द्र राउत, जनप्रतिनिधि उमेश राउतलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
438
सम्बन्धित

लोकप्रिय

लोकप्रिय