मलेसियामा मृत्यु भएका झापा अर्जुनधाराका बुढाथोकीको नेपाल ल्याएर गरियो अन्त्येष्टी

झापा । मलेसियामा ज्यान गुमाएका झापा अर्जुनधारा न.पा.-२ गाँजाबारीका गोपाल बुढाथोकीको अन्त्येष्टी गरिएको छ ।

गत भदौ १५ गते दुर्घटनामा परि मृत्यु भएका बुढाथोकीको आज अर्जुनधारा-३ स्थित कैदले घाटमा अन्त्येष्टी गरिएको हो । उनको शव हिजो राति घर ल्याइपुर्याइएको थियो ।

अर्जुनधारा नगरपालिका वडा नम्बर २ गाँजाबारी घर भएका ४२ बर्षीय बुढाथोकीको गत अगष्ट ३१ तरिख (भदौ १५ गते) शनिबार दुर्घटनामा परि मृत्यु भएको हो ।


डिउटीबाट फर्कीने क्रममा साइकलमा सवार उनलाई गाडीले ठक्कर दिएको थियो । राती करिब १०ः४५ मा भएको दुर्घटनामा उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ ।

बुढाथोकी करिब २ बर्ष अघि मलेसिया गएका थिए । गोपाल परिवारको एक्लो छोरा तथा ५ जना दिदि-बहिनिका एक्लो माईती थिए । उनको घरमा बुबा–आमा, श्रीमती एक छोरी र एक नाबालक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
682
सम्बन्धित

लोकप्रिय

लोकप्रिय