झापामा हात्तीको बङ्गारा, दाँत र पुच्छरसहित एक जना पक्राउ

बिर्तामोड । झापामा जङ्गली हात्तीको बङ्गारा, दाँत, पुच्छर, खुर, सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ९ का खगेन्द्र चापागाईँ रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । संरक्षित वन्यजन्तु हात्तीको अङ्गसहित उनलाई आज लामो समयको सुराकपश्चात् डिभिजन वन कार्यालय झापा, सब डिभिजन वन कार्यालय धाइजन र धुलाबारी प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

डिभिजन वन कार्यालय झापाका सिनियर वन अधिकृत जीवन पाठकका अनुसार चापागाईँका साथबाट ८ केजी बङ्गारा, दाँत, पुच्छर, खुर, नङ्ग्रालगायतका शरीरका विभिन्न अङ्ग बरामद गरिएको छ । उनले भण्डारण गरेर राखेको कोठाबाट अङ्गहरू वन कर्मचारी र प्रहरीले बरामद गरेका थिए । चापागाईँले लामो समयदेखि विदेश जाने प्रक्रियामा रहेका युवालाई महँगोमा औषधिको रूपमा उक्त अङ्ग मिश्रित सामग्री बेच्ने गरेको खुल्न आएको छ ।

विदेश जाने प्रक्रियामा मेडिकल गर्दा छातीमा दाग देखिएका युवालाई दाग हटाउनका लागि मोटो रकम लिएर औषधिको रुपमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।


पक्राउ परेका चापागाईँसहित उनका बुवा र बाजे जडीबुट्टीको काम गर्दै आएको प्रहरीले जनाएको छ । हात्तीका अङ्गलाई धुलो बनाएर अन्य औषधिमा मिसाएर उनले बेच्ने गरेको पाइएको छ ।

चापागाईँलाई डिभिजन वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ । झापामा वन्यजन्तुको अङ्गसहित व्यक्ति पक्राउ गरेको यो घटना अहिलेसम्मकै ठुलो मानिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
4
+1
1
+1
3
+1
1
सम्बन्धित

लोकप्रिय

लोकप्रिय