वाटर स्यालुटसहित बिदाई भयो बुद्ध एयरको सिनियर जहाज

काठमाडाैँ । नेपाली आकाशमा १६ वर्ष उडान गरकाे बुद्ध एयरकाे एटिआर ४२ (नाइन एन एआइएन)जहाजले मंगलबारबाट उडान बन्द गरेकाे छ।

सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेरे बुद्ध एयरले बिदाइ गरेकाे हाे।

७० हजार साइकल पूरा गरेपछि व्यवसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो।


नेपालमा मात्र यो जहाजले ४० हजार साइकल उडान गरेर १८ लाख यात्रुलाई सेवा दिएको छ। ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो।

उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका हुन्।

जहाज उडाउन बन्द गरेर ह्यांगरमा राखिएको छ। बुद्ध एयरका अनुसार यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
1
+1
0
+1
0
+1
0
443
सम्बन्धित

लोकप्रिय

लोकप्रिय