बिर्तामोडबाट तीन जना बेसहारा नागरिकको उद्दार

बिर्तामोड । झापाको बिर्तामोडबाट तीन जना वेसहारा नागरिकको उद्दार गरीएको छ । मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्दार गरीएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको टोलीले सोमवार उनीहरुको उद्दार गरेको हो ।

बिर्तामोड ४ बाट ९० वर्षिय छबिलाल तिम्सिना, बिर्तामोड ३ बाट १८ वर्षिय उजित सिं र बिर्तामोड ६ बाट २२ वर्षिय विनिशा गौतमलाई उद्दार गरिएको हो । बृद्ध तिम्सिनालाई विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्दार गरिएको हो । उनको आफन्त यहाँ कोहि नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए ।

त्यस्तै सिं सैनिकमोडको एउटा निर्माणधिन घरमा रात कटाउँदै आएका थिए । मानसिक अवस्था ठिक नभएका सिंले कहिले काँकरभिट्टाको गरामनी कहिले भारतको पानीटंकी घर बताउने गरेका छन् ।


अर्का गौतमको पनि मानसिक अवस्था ठिक छैन । बुट्टाबारी नजिकै शुभबिहानी टोलबाट उद्दार गरिएकी उनले मोरङको गछिया आफ्नो ठेगाना बताएकी छन् । उद्दार गरिएका उनीहरुलाई मानव सेवा आश्रम मेचीनगर पठाइएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिएका छन् ।

मानव सेवा आश्रमका झापा संयोजक खगेन्द्र विश्वकर्माका अनुसार मेचीनगर आश्रममा मात्रै २८ जनाले आश्रय लिएका छन् । उनीहरु सबैजना झापाबाटै उद्दार गरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
147
सम्बन्धित

लोकप्रिय

लोकप्रिय