६ वर्षपछि प्रचण्ड झापा आउदै

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भदौ २९ गते झापा आउने कार्यक्रम तय भएको छ ।

दाहाल बिर्तामोड आउन लागेको माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नि)ले पुष्टि गरे । उनले भने, ‘अध्यक्ष कमरेड भदौ २९ गते आउनु हुन्छ, ३० गते बिर्तामोडमा कार्यक्रम तय भएको छ ।’

कार्यकर्ता प्रशिक्षण भनिए पनि अन्य पार्टी परित्याग गरी राजनीतिमा चिनिएका व्यक्तिहरू पार्टी प्रवेश कार्यक्रम रहेको बुझिएको छ । कार्यक्रम बिर्तामोडस्थित सिटी सेन्टरमा हुने संयोजक आचार्यले जानकारी दिए ।


करिब ६ वर्षपछि अध्यक्ष झापा आउने भएपछि कार्यकर्ता उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
201
सम्बन्धित

लोकप्रिय

लोकप्रिय