कनकाई धाममा बनेको विश्वकर्मा बाबाको मन्दिर असोज १ बाट सञ्चालनमा आउने

झापा । झापाको कनकाई नगरपालिका–४ कनकाई धाम परिसरमा विश्वकर्मा पूजाको अवसर पारेर मुर्तिको प्राण प्रतिष्ठा तथा मन्दिर सञ्चालन हुने भएको छ । करिव १६ बर्षअघिबाट निर्माण शुरु गरिएको निर्माणधिन विश्वकर्मा बाबा मन्दिरको सञ्चालनसँगै मन्दिरमा मुर्तिको प्राण प्रतिष्ठा गरिन लागेको हो ।

विश्वकर्मा बाबाको पूजाको अवसर पारेर आगामी असोज १ गते मुर्तिको प्राण प्रतिष्ठा र मन्दिर पनि सञ्चालन गरिने आज ९सोमवार० मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

बिस २०४१ सालमा स्थापना गरिएको उक्त मन्दिर २०५१ सालमा दर्ता गरिएको थियो भने २०६५ सालदेखि बिश्वकर्मा बाबाको मन्दिर निर्माण शुरु गरिएको मन्दिर समितिका अध्यक्ष गोपाल ल्वागुनले जानकारी दिएका हुन् ।

पण्डीत श्री शेरप्रसाद सिन्चौरीको पाठवारायणबाट बिश्वकर्मा बाबा मन्दिर सञ्चालनसाथै मुर्तिको प्राण प्रतिष्ठा गरिने विश्कर्मा बाबाको पूजा आयोजक समितिका संयोजक सुवास धमलाले बताए । उनले प्राण प्रतिष्ठा बिधिवत रूपमा गरिने भएकाले सम्पूर्ण मानव जगतका लागि सञ्चालन गरिने कार्यक्रम रहेकाले सवैलाई उपस्थितिका लागि आग्रह गरेका छन् ।

निर्माणधिन अवस्थामै रहेको उक्र मन्दिरमा अहिलेसम्म करिव ४७ लाखवढी रकम खर्च भइसकेको मन्दिरका कोष सञ्चालन समितिका सदस्य गोपाल खातीले बताएका छन् । उनका अनुसार जस मध्ये ९ लाख ४६ हजार रुपैयाँ सरकारी निकायबाट प्राप्त भएको छ ।

पत्रकार सम्मेलनमा मन्दिरका सचिव गोपाल लकान्द्री, सदस्यहरु विकास दियाली, बिनोद बराइली, आशिष खाती, मदन रसाइलीलगायतको उपस्थिति रहेको थियो । उक्त मन्दिर निर्माणका लागि देश तथा बिदेशबाटसमेत दाताहरुले आर्थिक सहयोग गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय