मेची क्याम्पसका विद्यार्थीले बनाएको ‘एप’ १३ लाखमा बिक्री

भद्रपुर । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अध्ययनरत तीन जना विद्यार्थीले बनाएको एप्लिकेशन इजरायली कम्पनीले खरिद गरेको छ ।

बीसीए पाँचौँ सेमिस्टरमा अध्ययनरत तीन जना विद्यार्थीहरूले बनाएको ‘वाईफाई थीफ डिटेक्टरु नामक एप्लिकेशन इजरायलको ग्यालेक्सी स्टुडियोले १३ लाख रुपैयाँमा खरिद गरेको हो ।

उक्त एप्लिकेशन मेची बहुमुखी क्याम्पसका विद्यार्थीहरू बिर्तामोड ९ का उत्सव दाहाल, भद्रपुर ९ का तेज मगर र मेचीनगर ६ का राहुल विष्टले संयुक्त रुपमा तयार गरेका हुन् । दुई साताअघि उक्त एप्लिकेशन इजरायली कम्पनीले खरिद गरेको दाहालले जानकारी दिए ।


उक्त एप्लिकेशन डाउनलोड पश्चात् कुन–कुन डिभाइसहरू चलिरहेको छ भन्ने जानकारी प्रदान गर्छ । आइपी एडेसहित कुन–कुन डिभाइस चलिरहेको छ भन्ने जानकारी दिने एप्लिकेशन तीन जनाले एक हप्ता लगाएर बनाएको जानकारी दिए ।

विश्वमा प्रविधिको क्षेत्रमा आवश्यक भइरहेको एप्लिकेशनहरु बनाउन आफूहरू क्रियाशील रहेको उनीहरूको भनाई छ । यसअघि पनि उनीहरूले विभिन्न एप्लिकेशनहरु बनाएको जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
0
229
सम्बन्धित

लोकप्रिय

लोकप्रिय