काठमाडौं । उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्यांकर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा अन्य दुई सवारी साधन, एउटा क्रेन र एउटा पिक अप भ्यान पनि दुर्घटनाग्रस्त भएका हो ।
इन्धन ट्यांकरको दुर्घटनापछि स्थानीयले जोखिम लिई चुहिएको इन्धन चोर्ने प्रयास गर्दा आगलागी हुने र यसबाट ठूलो संख्यामा मानवीय क्षति हुने गरेको पाइन्छ ।
सडकको खराब अवस्था, पुराना सवारी साधन र चालकको लापर्बाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेको पाइन्छ । एजेन्सी