झापा । झापाको बिर्तामोडस्थित अलस्का अटोमोवाइल्स प्रा.लि.मा टाटाको पन्च इभी सार्वजनिक गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, सिप्रदी ट्रेडिङ प्रा.लि.का महाप्रवन्धक सावन्तजंघ सिजापति, अलस्का अटोमोवाइल्सका प्रवन्ध निर्देशक प्रकाश शिवाकोटी लगायतले पञ्च इभी सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको पञ्च इभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको बताइएको छ । सिप्रदी ट्रेडिङका जनरल मेनेजर मेघराज ढुङ्गेलले बहुप्रतीक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको दाबी गरेका छन् ।
लञ्च गरिएको जानकारी दिँदै उनले १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सका साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । कम्पनीले पन्च इभीमा एक लाख ६० हजार किलोमिटर वा आठ वर्षसम्मको वारेन्टी रहेको बताए ।
सिप्रदी ट्रेडिङका महाप्रवन्धक सिजापतिले पञ्च इभीले नेपाली ग्राहकको मन जित्नेमा आफू विश्वस्त रहेको बताउँदै अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी पञ्च इभीले ग्राहकलाई वातावरणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति गराउने जनाए ।
कार्यक्रममा पञ्च इभी खरिद गर्ने विर्तामोडमा जीवन सापकोटा, विजय खतिवडा, युवराज काफ्ले लगायतलाई चावी हस्तान्तरण गरिएको थियो ।