प्रादेशिक आयुवर्देक अस्पताललाई आयुर्वेदको स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनेः मुख्यमन्त्री कार्की

दमक । झापाको कमलमा रहेको प्रादेशिक आयुवर्देक अस्पताल लखनपुरलाई आयुर्वेदको स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय गरेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनु भयो ।
 
प्रादेशिक आयुवर्देक अस्पताल लखनपुरको अन्तरङ्ग (आई पी डी) एक्सरे,ईसीजी लगायतका सेवा विस्तारको शुभारम्भ कार्यक्रम पछि बोल्दै मुख्यमन्त्री कार्कीले लखनपुरमा रहेको प्रादेशिक आयुवर्देक अस्पताललाई आयुर्वेदको स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन कार्यदल बनाएर काम अघि बढी सकेको बताउनु भएकोहो ।
 
डाक्टर खिमबहादुर कार्कीको नेतृत्वमा बनाएको कार्यदलले अब एक महिनामा प्रतिवेदन बुझाएपछि तत्काल काम शुरु गर्ने बताउनुभयो । आयुर्वेद चिकित्सा सेवा,जडीबुटीको शिक्षा,अध्ययन अनुसन्धान गर्ने थलो बनाउने मुख्यमन्त्री कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो–“ यो अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने र आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने सरकारको लक्ष्य छ ।”यसका लागि अध्ययन कार्यदल गठन गरिएको भन्दै उहाँले कार्यदलले दिएको प्रतिवेदनका आधारमा काम शुरु गर्ने जानकारी दिनुभयो ।
 
आयुर्वेद स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, आयुर्वेदिक चिकित्सा र नयाँ चिकित्सा प्रणालीलाई जोडेर सेवा दिन सक्ने सम्भावनाको समेत खोजी गरिने उहाँले बताउनुभयो । प्रादेशिक आयुवर्देक अस्पताल लखनपुरका निमित्त निर्देशक डा.सिद्धार्थ कुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका मुख्य सचिव केदार नाथ शर्मा,कोशी प्रदेशकै स्वास्थ्य मन्त्रालयको सचिव डा.राधिका थपलिया लगायतले प्रादेशिक आयुवर्देक अस्पताल लगायतको जनताको सेवामा सधै सक्रिय रहने र दिगो सेवा दिने धारण राख्नु भएको थियो ।
 
आयुवर्देक अस्पतालले गरेको गरेको काम,विरामीलाई दिएको सेवा,अब चाल्नु पर्ने कदमहरु,आइ पर्ने समस्या लगायतका विषयहरु सहितको विवरण निमित्त निर्देशक डा.ठाकुरले प्रस्तुत गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय