रोङमा बन्यो गिद्धको प्रतिमा

रोङ । इलामको रोङ गाउँपालिकामा गिद्धको प्रतिमा अनावरण गरिएको छ ।
 
सोह्रौ अन्तरास्ट्रिय ‘गिद्द संरक्षण तथा सचेतना दिवस’ को अवसर पारेर करसोङ पदमार्गमा रहेको प्रतिमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो र उपाध्यक्ष विष्णमाया खवासले अनावरण गर्नुभएको हो ।
 
फाइबरको शालिक निर्माण गर्न १ लाख ६० हजार खर्च भएको निर्माण समितिका अध्यक्ष प्रकाश राईले जानकारी दिनुभयो । उहाका अनुसार प्रतिमा राख्नका लागि मुडा बनाउन करिब १ लाख रुपैया खर्च भएको थियो । प्रतिमा निर्माणको लागि युएनडीपीले समेत लगानी गरेको बताइएको छ ।
 
गिद्ध संरक्षणको सन्देश दिनका लागि शालिक निर्माण गरिएको गाउँपालिका अध्यक्ष स्याङबोले जानकारी दिनुभयो । रोङ गाउपालिकाको करसोङ करिडोरमा गिद्धको वाससस्थान रहेको पहरो रहेको कारण गिद्धेपहरो भनिने र हरेक बर्ष गिद्धको अध्ययन र अवलोकन गर्न धेरै पर्यटकहरु आउने गरेको अध्यक्ष स्याङबोले बताउनुभयो ।
 
शालिक मेची राजमार्गबाट करिब १ किलोमिटर ४ सय मिटर दुरीमा निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
208
सम्बन्धित

लोकप्रिय

लोकप्रिय