लखनउमा भवन भत्किँदा चारको मृत्यु, कयौं फसेको आशंका

लखनउ । लखनउको यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा शनिबार चार जनाको मृत्यु, २८ जनालाई उद्धार र धेरै जना फसेका छन् ।

लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ‘हालसम्म २८ जनाको उद्धार गरिएको छ । राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्नी नियन्त्रक र प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्’ लखनउ नगरपालिका आयुक्त इन्द्रजित सिंहले एएनआइलाई भने ।

प्रमुख अग्नी नियन्त्रक अधिकृत (सीएफओ) मङ्गेश कुमारले भत्किएको भवनमा अझै धेरै मानिस फसेको आशंका गरिएको बताए ।


अलपत्र परेकाहरुको उद्धार कार्य जारी रहेको छ । दमकल विभाग, एनडीआरएफ र एसडीआरएफ टोली घटनास्थलमा छन् । घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको छ । थप विवरणहरू आउन बाँकी छन् । एएनआइबाट

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
500
सम्बन्धित

लोकप्रिय

लोकप्रिय