डेंगु संक्रमणका कारण बिर्तामोडका एक बालकको मृत्यु

झापा। झापा बिर्तामोडका एक बालकको डेंगु संक्रमणका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

शुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको र त्यसपछि बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको आफन्तले जनाएका छन् ।

बिर्तामोडमा उपचार संभव नभएपछि ती बालकलाई उपचारका लागि नोवल हस्पिटल विराटनगर लगिएको थियो । उपचारकै क्रममा हिजो उनको मृत्यु भएको न्यूटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाँईले बताए ।


ती बालक न्यूटन्स एजुकेशन एकेडेमीमा कक्षा १ मा अध्ययनरत थिए । योसंगै यस वर्ष झापामा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
4
सम्बन्धित

लोकप्रिय

लोकप्रिय