आज गणेश चौथी ! चोरी गर्न छुट छैन-प्रहरी

झापा । आज गणेश चतुर्थी । गणेश चौथीका दिन चोरे पनि पाप र दोष लाग्दैन भन्ने गरिन्छ ।

यही सुनेको भरमा चोरी गर्न राति गाउँ टोलमा हिँड्ने र चोरेर रमाइलो मान्ने प्रचलन छ । चोरी गर्ने भनिएपछि छिमेकीका कुखुरा, काँक्रो, फलफूल, खसीबाख्रा, हाँस, परेवा जेजे भेटिन्छ, त्यो मनोरञ्जनको हिसाबले चोर्ने वा त्यसमा क्षति गर्ने नेपाली समाजमा गलत प्रचलन अझै कायम छ । केवल राति जाने र चोर्नेमात्र दिमागमा लिएर प्रायः युवा पुस्ता हिँड्ने गर्दछन् ।

केही वर्षअघि गणेश चौथीको बहानामा मकवानपुरको मनहरी गाउँपालिका ७, रमन्टारमा व्यावसायिक मौरीपालनमा क्षति पुर्याइएको थियो । धेरै क्षति भएपछि उद्योग सञ्चालक गुणराज लामाले संलग्नलाई कारबाही माग गर्दै प्रहरीमा निवेदन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
261
सम्बन्धित

लोकप्रिय

लोकप्रिय