सूर्योदय नगरपालिका–७ इलामका वडाध्यक्षका छोराको दुर्घटनामा परि निधन

विर्तामोड । इलामको सूर्योदय नगरपालिका–७ का वडाध्यक्ष एलबी राईलाई पुत्रशोक परेको छ । झापाको बुट्टावारी स्थित पूर्वपश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा २६ बर्षिय दिपाङकर राईको निधन भएको हो । घाइते बनेका राईको उपचारका क्रममा बीएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत भदौ १८ गते साँझ ५ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ गिरीबन्धु टि–इस्टेट नजिकै पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकरभिट्टातर्फ जाँदैं गरेको मे १० प ३५४४ नंम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्तिचोकतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परि मोटरसाइकल चालक राई र पछाडी सवार मोरङका सुबोद बस्नेत घाइते भई दुवै जनालाई बीएण्डसी हस्पिटल लगिएकोमा राईको मृत्यु भएको हो । उनी ( स्काई वाक कन्याम) कन्याम क्लाउड प्रालिका कर्मचारी रहेका थिए । अर्का घाइते बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको छ ।


मृतक राईको आज जातिय परम्परा अनुसार घर नजिकै दाहसंस्कार गरिएको छ । उनी वडाध्यक्ष राईको एक मात्र सन्तान रहेका छन् । ट्रक र ट्रक चालक झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय संजय माझीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

लोकलसन्देश डटकमबाट साभार

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
267
सम्बन्धित

लोकप्रिय

लोकप्रिय