एनसेल एपमा नि:शुल्क ‘पुलिस रिपोर्ट’ लिन सकिने सुविधा

काठमाडौं । निजी दूरसञ्चार कम्पनी एनसेलले आफ्नो एपमा ग्राहकको आवश्यकता हेरेर नयाँ सुविधा थपेको छ । ग्राहकले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिन सजिलै आवेदन दिन सक्छन् ।

यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै एनसेल एपबाट पनि लिन सकिने भएको छ । सधैं अनप्रति कम्पनीको प्रतिबद्धता र ग्राहक अनुभव अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुसार एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ता सुविधा आफ्नो एपमा थपेको हो । प्रयोगकर्ताले पुलिस रिपोर्टका लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् ।

२९ साउनदेखि लागु हुने गरी एनसेलले नेपाल प्रहरीको वेबसाइट आफ्नो नेटवर्कमा विनाडेटा शुल्क चल्ने गरी निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदन लगायत सेवा लिन यो वेबसाइट चलाउँदा इन्टरनेटको पैसा नलाग्ने भएको छ ।


‘एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवा डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एपमार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं । यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहल आधारभूत आवश्यकता हुन्,’ एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने, ‘सधैं अनको महत्त्व थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवा प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणामा सघाउन समान विचारधारा भएका बैंकहरू जस्ता साझेदारसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधा थप्ने काम गरिरहेको छ ।’

यो सामाग्री अनलाइन खबर डटकमबाट साभार गरिएको हो ।

 

 
 
प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
253
सम्बन्धित

लोकप्रिय

लोकप्रिय