लागूऔषध भित्र्याउने एक भारतीयसिहत चारजना मेची पुलबाट पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टाबाट लागूऔषध भित्र्याउनेहरुको लस्कर लाग्न थालेको छ । हिजो साँझ आधा घण्टाभित्र लागूऔषधसहित मेची पुलमा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा तीन नेपाली र एक भारतीय रहेका छन् । साँझ ७:४५ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पाँचथर फिदिम नगरपालिका वडा न.१० स्थायी वतन भई हाल मोरङ बेलबारी नगरपालिका वडा न. ४ बस्ने २८ वर्षीय बिरेन लोवालाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र लुकाई ल्याउँदै गरेको अवस्थामा १० ग्राम ६७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै साँझ ७:३० बजे मेची पुलमा भारतबाट सिटीसफारीमा नेपालतर्फ आउँदै गरेका भारतको पश्चिम बंगाल जिल्ला जलपाइगुडी बाँदरहाट बस्ने २२ वर्षीय मनोज शर्मा १ ग्राम ३२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

त्यस्तै साँझ ७:५५ बजे मेची पुलमै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक नगरपालिका वडा न.९ बस्ने २४ वर्षीय तिलक मग्रान्ती १ ग्राम ३५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

त्यस्तै राति ८ बजे मेची पुलमै सप्तरी सुरुङ्गा नगरपालिका वडा नं. १ सिसुवारी बस्ने २२ वर्षीय एलन बिष्टलाई ७ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
645
सम्बन्धित

लोकप्रिय

लोकप्रिय