एन्फा महिला लिग : कर्णालीलाई हराउँदै वालिङ विजयी

काठमाडौं। एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले कर्णाली प्रदेशलाई हराएको छ ।

लिगको दोस्रो चरणको दोस्रो खेल वालिङ र कर्णालीबीच भएको हो । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा वालिङले कर्णालीलाई ४-० गोलले हरायो ।

वालिङकी ज्याकलिन नसालीले ह्याट्रिक गरिन् । यस्तै सुक्रिया मियाले एक गोल गरिन् । यस्तै आज भएको पहिलो खेलमा कोशी प्रदेशले बाग्मती युथ क्लबलाई २-१ गोलले हराएर शीर्ष स्थानमा कायमै रहेको छ ।


कोशीका लागि समिक्षा मगरले एक गोल गरिन् भने एक गोल आत्मघाती भएको थियो । बाग्मती युथकी विष्णुमाया बलले एक गोल फर्काइन् । एन्फा महिला लिग फुटबलमा आजदेखि दोस्रो चरणका खेल शुरू भएको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भएको लिगमा १० वटा टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
193
सम्बन्धित

लोकप्रिय

लोकप्रिय