नेपाल प्रिमियर लिगका ८ टोली मध्ये सर्वाधिक रकममा बिक्री भयो टिम पोखरा

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलका ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ । काठमाडौं कान्तिपुरले, पोखरालाई पोखरा एभेन्जर्सले पाएको छ भने चितवनलाई  चितवन मेडिकल कलेजले पाएको छ ।

यस्तै लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदुर पश्चिमलाई एम्पायर स्पोर्टसले पाएका छन् ।

एक करोड ५० लाख बेस प्राइस तोकिएको काठमाडौंलाई कान्तिपुर मिडिया ग्रुपले ३ करोड ३३ लाखमा किनेको छ ।


यस्तै, नेपाल टी२० प्रालिले एक करोड ३० लाख रुपैयाँ बेस प्राइस तोकिएको पोखरा ३ करोड ५७ लाखमा लिएको छ ।

चितवन मेडिकल कलेजले एक करोड २० लाख बेस प्राइस तोकिएको चितवनलाई एक करोड ७६ लाखमा खरिद गरेको छ । फर्चुना हेल्थ केयरले एक करोड २० लाख बेस प्राइस तोकिएको लुम्बिनी एक करोड ८६ लाखमा लिएको छ ।

एक करोड बेस प्राइस तोकिएको जनकपुर २ करोड ५ लाखमा विक्री भयो । एक एक लाख बेस प्राइस भएका कर्णाली एक करोड ११ लाख र सुदुर पश्चिम एक करोड ६८ लाख ८ हजार ८८ मा विक्री भएको छ ।

यो सामाग्री नेपाल प्रेस डटकमबाट साभार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
254
सम्बन्धित

लोकप्रिय

लोकप्रिय