दिव्या स्पीच एण्ड हेयरिङ रि-हैबिलिटेशन सेन्टरले अभिभावकसंग मनायो तीज

बिर्तामोड । झापाको बिर्तामोडसहित दमक र इटहरीमा समेत संचालनमा रहेको दिव्या स्पीच एण्ड हेयरिङ रि–हैबिलिटेशन सेन्टरले अभिभावकसंग तीज मनाएको छ ।

सेन्टरले बुधबार बिर्तामोडको सिदार्थ होटलमा आयोजित कार्यक्रमकाबिच शुभकामना आदनप्रदाससहित तीज मनाएको हो । अभिभावक र कर्मचारीहरुलाई लक्षीत गरेर सम्पन्न भएको तीज पर्व बिषेश कार्यक्रममा एक सय भन्दाबढी अभिभावकहरु र तिनवटै शाखामा कार्यरत चिकित्सक तथा कर्मचारीहरु सहभागि भएका थिए ।

कम सुन्ने, कम बोल्ने वा अटिजम अवस्थामा रहेका बालबालिकाको उपचार गर्ने सेन्टर विगत ३ बर्षदेखि बिर्तामोडमा संचालनमा आएको हो । सेन्टरले कान नसुन्ने वा कम सुन्ने, ढिलो बोलि आउने अवस्था वा प्यारालाइसिस जस्ता अन्य शारिरिक रोगहरुको थेरापी वा विभिन्न बिधिबाट उपचार गर्दै आएको छ ।


बिर्तामोडको सिदार्थ होटलमा आयोजना भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाको प्रमुख अतिथ्य रहेको थियो । प्रमुख अतिथि खतिवडा, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्ट, बिर्तामोड-४ का वडाअध्यक्ष राहुल शर्मा, अर्जुनधारा-६ का वडाअध्यक्ष हरिषचन्द्र बास्तोला, बिर्तामोड खानेपानीका अध्यक्ष मेघराज बास्तोला, अधिवक्ता बबिता बास्तोला, उर्जाशील राधुनी आमा समुहकी अध्यक्ष गंगा शिवाकोटी, बालरोग बिशेषज्ञ ज्योति अग्रवाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । बक्ताहरुले महिलाहरुको मात्र नभई चेली–माईती अथार्त महिला पुरुष दुवैको साँझा पर्वको रुपमा तीजलाई मनाउ थालिएको धारणा राखेका थिए ।

सेन्टरका संचालक मनोज प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमको संचालन खगेन्द्र लिङ्देनले गर्नुभएको थियो । सेन्टरमा आवद्ध चिकित्सक तथा कर्मचारी र छोराछोरीको उपचार गराईरहेका अभिभावकहरुले हर्षोल्लासकासाथ तीज पर्व मनाएका हुन । पर्वको अवसरमा दर खाने, नाचगान गर्नेसंगै विभिन्न खेलहरुसमेत संचालन गरिएको थियो ।

बिर्तामोड र दमक र इटहरी समेत गरेर दिव्या स्पीच एण्ड हेयरिङ रि–हैबिलिटेशन सेन्टरमा १ सय ४० भन्दाबढी बालबालिका उपचारर्त रहेको सेन्टरका संचालक तथा अडियोलोजिस्ट डा. राजु यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सेन्टरका तिन वटै शाखामा गरेर ४० जना चिकित्सक तथा कर्मचारी कार्यरत छन् ।

सेन्टरले बिर्तामोड नगरपालिका ४ मा नेपाल बिद्युत प्राधिकरण नजिकैको कार्यालय र दमक नगरपालिका ७ मा पशुहाट नजिकै स्थापना गरेको कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । संचालक मनोज यादवले नेपालका विभिन्न स्थानसंगै विदेशमा बसोवास गर्ने नेपालीहरुले समेत अटिजम अवस्था भएका, सुन्ने, बोल्ने क्षमतामा कमी भएका वा साधारण अवस्थामा नरहेका बालबालिकाहरुको उचित उपचारकालागि अहिले आफुहरुकोमा ल्याइरहेको बताउनुभयो ।

दिव्या स्पीच एण्ड हेयरिङ रि–हैबिलिटेशन सेन्टर जस्तै उपचार गराउने स्वास्थ्य संस्था नेपालमा कम भएकाले पनि आफुहरुको उपचार विधि प्रभावकारी रहेको यादवले बताउनुभयो । थेरापी बिधिबाट उपचार गराईने सेन्टरमा हाल नेपालका विभिन्न स्थानसंगै अमेरीका, अष्ट्रेलिया, फिलिपिन्स, भातरलगायतका मुलुकमा रहेका नागरिकले समेत उपचारकालागि बालबालिका आफुहरुको सेन्टरमा ल्याएको अडियोलोजिस्ट डा. राजु यादवले जानकारी दिनुभयो । सेन्टरमा बालबालिका मात्रै नभई सम्बन्धित समस्या भएका जुनसुकै उमेरका व्यत्तिको समेत उपचार गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
344
सम्बन्धित

लोकप्रिय

लोकप्रिय